काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकुल परिमार्जन गर्न जरुरी रहेको बताएका छन् । मुलुक संघीयतामा जानू अघि लागु गरिएको रणनीतिलाई संघीयता अनुकुल परिमार्जन गरिनुपर्छ मन्त्री अधिकारीले भने । कृषि विकास रणनीति कार्यान्वयन समिक्षा र परिमार्जनका लागि आज काठमाडौंमा आयोजित अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जिविकोपार्जनका लागि कृषि कर्म गर्नेहरुलाई पनि व्यवसायिक कृषिमा ल्याउन सक्ने गरि कृषि विकासको रणनीति परिमार्जन आवश्यक रहेकोमा जोड दिए ।
मन्त्री अधिकारीले संघीयता लागू भइसकेपछी कृषिको प्राविधिक क्षमतामा विकास हुनुपर्ने अपेक्षा थियो तर किसानले आवश्यकतामा समयमै कृषि प्राविधिक पाउन सकिरहेका छैनन् भनने । कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरीदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप वजेट आवश्यक रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिए ।
२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाहरु बीच छलफल गरि सुझाव लिएको छ ।
पूर्वसचिव गणेशराज जोशीको सयोजकत्वमा रणनीति परिमार्जनका लागि विज्ञ समूहले कार्य गरेको छ ।





















