विराटनगर। विराटनगरस्थित भाट-भटेनी सुपर स्टोर भोलि असर २७ गते शनिबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आऊने भएको छ।
उक्त स्टोरले भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले जानकारी दिए।
भाट–भटेनी सुपर मार्केट प्रा. लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको जानकारी गराएका छन्।
यस अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति कम्पनी ले आभार व्यक्त गरेको छ।






















