skip this News Page Tips Ad Road Block

प्रदेशभित्रका सार्वजनिक यातायातका समस्या समाधानमा बागमतीका मुख्यमन्त्री प्रतिबद्ध

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश भित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्यालाई समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आज नेपाल यातायात व्यावसायिक राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले बागमती प्रदेशमा विशेष गरी काठमाडौ उपत्यकामा सार्वजनिक यातायातको ट्राफिक समस्या , दुर्घटनामा परी मृत्यु हुनेको क्षतिपूर्ति समस्या र उपचार समस्या सम्बन्धमा सहजीकरण गरिदिन बागमती प्रदेश सरकारलाई आग्रह गरे । सो सो आग्रह बमोजिम मुख्यमन्त्री बानियाँले प्रदेश सरकार ट्राफिक समस्या समाधान गर्न मृतकलाई क्षतिपूर्तिको उचित व्यवस्थापन गर्न र घाइते उपचारको सन्दर्भमा व्यवसायीसँग मिलेर यो बहुआयामिक समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए ।

हाल उपचारका क्रममा घाइतेहरूलाई महँगा प्राइभेट अस्पतालमा उपचार गर्नु पर्ने र बीमाबाट ३ लाख मात्र क्षतिपूर्ति पाउने हुँदा व्यवसायीलाई समस्या परेको छ भन्ने सिटौलाको गुनासोलाई मुख्य मन्त्री बानियाँले यसको लागि प्रदेश सरकारले आफ्नो मातहतको अस्पतालहरूमा ट्रमा सेन्टरको विकास गरी पहिला सरकारी अस्पतालमा मात्र घाइते उपचार प्रबन्ध मिलाउन कानुनी व्यवस्था मिलाउन समेत आफू लाग्ने बताए ।

भेटका क्रममा मुख्य मन्त्री बानियाँले बागमती प्रदेश केन्द्रीय राजधानी समेत रहेको प्रदेश भएको र यस प्रदेशभित्र मुलुकको ६० प्रतिशतभन्दा बढी सवारी भार भएको हुँदा यहाँ सार्वजनिक यातायातको सबैखाले समस्या समाधान गर्न चुनौती पूर्ण रहेपनि आफू यातायातका समस्या समाधान गर्न लागि पर्ने बताए।

Health Tips Ad Road Block