Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्यः महासंघ अध्यक्ष ढकाल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् । अध्यक्ष ढकालले सो कुरा राष्ट्रिय कर दिवस २०८१ को अवसरमा बुधबार महांसघको सचिवालयमा आयोजित “लगानीमैत्री वातावरण प्रवद्र्धनको लागि अन्तरनिकाय समन्वय” विषयको अन्तरक्रिया कार्यक्रममा भनेका हुन् । त्यसक्रममा अध्यक्ष ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्डनै त्यो देशले परिचालन गर्ने राजस्वको आयतनमा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सबल अर्थव्यवस्था र उन्नत समाज निर्माणको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको छ, भने ।

ढकालले विगत केही वर्षदेखि निजी क्षेत्र र सरकारको समेत अत्यन्त चासोकोे रुपमा रहेको लगानी प्रवद्र्धन सम्वन्धि विषयले समग्र कर प्रशासनलाई झक्झकाई यस पटकको कर दिवसमा दिशा निर्देश गरेको हुँदा यो मुद्धाले गति लिन थालेको आभास निजी क्षेत्रलाई भएको जानकारी दिए ।

उनले कर प्रशासनले राजस्व लक्ष्य निर्धारण र संकलन मात्र हैन करदाताको मनोवल बढाई व्यवशायिक गतिविधि बढाउने क्रियाकलाप र वातावरण सृजना गर्नेतर्फ ध्यान दिईएमा राजस्व संकलन स्वभाविक रुपमा वृद्धि भई आर्थिक गतिविधि बढ्ने बताए ।

अध्यक्ष ढकालले आन्तरिक श्रोतको परिचालन भन्ने बित्तिकै त्यसको प्रत्यक्ष सम्वन्ध त्यो मुलुकको कर प्रणाली र राजस्व प्रशासनसँग जोडिएको हुनाले लक्षित राजस्व संकलनको लागि उद्योगधन्दा, व्यवसायजन्य कृयाकलापहरु सुव्यवस्थित ढंगले सञ्चालन भएको हुनुपर्नेमा जोड दिए । यसको लागि व्यवसायमैत्री वातावरण निर्माणको साथै विदेशी लगानीको हकमा लगानी र प्रतिफलको फिर्ताको सुनिश्चितता सहित सम्वद्ध सबै सरकारी निकायहरुको एकिकृत र समन्वयकारी प्रयासको आवश्यकता रहेको जानकारी दिए ।

आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, उद्योग विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकहरु उपस्थित भएको उक्त कार्यक्रममा कार्य समितिका पदाधिकारी र विभिन्न वस्तुगत संघ र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निजी क्षेत्रका व्यवसायीको जिज्ञासालाई सम्बोधन गर्दै आन्तरिक राजस्व विभागका महानिर्देशक राम प्रसाद आचार्यले औद्योगिक र लगानीमैत्री वातावरण तयार गर्न सामुहिक प्रयासको आवश्यकता रहेको बताए । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले अपेक्षित लगानीको वातावरण बन्न नसकेको अवस्थाको विश्लेषण गर्दै आफ्ना काम कारवाहीहरुलाई पारदर्र्शी बनाई समिक्षा हुनु पर्दछ भने ।

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले अन्तरनिकाय समन्वयको सार नै औद्योगिक वातावरण प्रवद्र्धनको लागि हो भन्दै विभागबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ उन्नत र परिष्कृत बनाउने प्रतिवद्धता व्यक्त गरे । यसैगरी राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले पछिल्लो समय कर प्रणाली सम्बन्धी नीतिहरु लगानीमैत्री बन्दै आएको बताए । कार्यक्रमको समापन महासंघका उपाध्यक्ष सुर कृष्ण वैद्यले गरेका थिए ।

Health Tips Ad Road Block