Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आइतबार साँझ अजरबैजान प्रस्थान गरेका छन् । पौडेल अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धी पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पौडेललाई विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत संवैधानिक निकायका प्रमुख र उच्च पदस्थ कर्मचारीले बिदाइ गरेका थिए ।

अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु गएका हुन् ।

राष्ट्रपति पौडेलले कार्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई कार्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Health Tips Ad Road Block