Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मानव तस्करीमा आरोपित पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। अधिकारीमाथि लिखत र मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

विराटनगरबाट पक्राउ परेका उनलाई लगत्तै काठमाडौं ल्याइएको थियो। काठमाडौं ल्याएसँगै उनीलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले अधिकारीलाई आजै काठमाडौँ ल्याएको हो । गत कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ ।

नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको आरोप छ ।

Health Tips Ad Road Block