विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको काममा सरकार अगाडि बढिरहेको र यसका लागि आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिएका थिए ।
प्रधानमन्त्री ओलीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा आज ६५७ विद्यार्थी दीक्षित भएका छन्। प्रतिष्ठानका सन् २०१० देखि २०१७ व्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधी हासिल गरिसकेका विद्यार्थीहरुलाई कुलपति ओलीबाट दीक्षित गरिएको हो ।
भारतका शिक्षाविद प्रा.डा. ज्योतिर्मोय पलँ प्रमुख अतिथि रहेको कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी थिए ।






















