काठमाडौं । स्मार्ट च्वाइस् टेक्नोलोजिज् (एस्सिटि० र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल० बीच नेपाल पे कार्ड जारी गर्न र एक्वायर गर्न पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने समझदारी भएको छ । समझदारीपत्रमा एस्सिटिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा एनसीएचएले चरणबद्घ रुपमा स्थापना गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको दोस्रो चरण अन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम “नेपाल पे” र एनीएस नशनल कार्ड स्विच कार्यान्वयनको लागि आवश्यक जडान तथा परिक्षण कार्य भईरहेको छ । उक्त नेपाल पे कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्नका लागि एस्सीटिले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नती गरे पश्चात् एनीएस–एनसीएसको प्राविधिक सदस्यतालाई नेपाल पे कार्ड जारी र एक्वायर गर्न सक्नेछ । सञ्चालनमा आएपश्चात् उक्त कार्डको राउटिङ्ग, स्विचिङ्ग तथा सेटलमेन्ट एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमार्फत हुनेछ ।
एनसीएचएलले आफ्नो इएफटी कार्ड स्वीचमार्फत १२ बैंकहरुलाई अन्य कार्ड स्कीमको प्रोसेसिङ्ग र कार्ड सर्भिसेस्को सुविधा प्रदान गर्दै आएको छ भने एस्सिटिले १० बैंक, ११ वित्तीय संस्था १०० भन्दा बढी सहकारी संस्थाहरुलाई कार्ड प्रोसेसिङ्गको सेवा दिँदै आएको छ । नेपालको आफ्नै भुक्तानी कार्ड स्कीम “नेपाल पे” को कार्यान्वयनपश्चात् बैंकका ग्राहकहरुले डोमेस्टिक स्कीममार्फत नै सहज रुपमा कार्ड प्राप्त गर्न सक्ने र कारोबार गर्न सक्नेछन् । साथै नेपाल पे लगायतका कार्ड सम्बन्धी कारोबारहरु एनपीएस् अन्तर्गत नेशनल कार्ड स्वीचमार्पmत हुने हुँदा नेपाल पेको विस्तारमा यस समझदारीले विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।






















