महोत्तरी । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह–२०२४ कार्तिक ६ गतेदेखि १२ गतेसम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । यही अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २०८१ साल कात्तिक ११ गते श्री राम नारायण अयोध्या उच्च मा.वि, पिपरा, महोत्तरी मा प्लस २ तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक/शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिवृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ ।
सचेतनामूलक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पिपरा शाखाका प्रमुख सन्तोष कुमार ठाकुर र शाखाका कर्मचारी भगवान् चौधरी तथा श्री राम नारायण अयोध्या उच्च मा.वि, का अध्यक्ष लक्ष्मण मण्डल, सहायक प्रधानाध्यापक सुजय कुमार राय लगायत अध्यनरत विधार्थीहरु तथा शिक्षक÷शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, बरिष्ठ प्रबन्धक अजय घिमिरे र अधिकृत राम नारायण तिवारीको सहभागिता थियो । त्यस अवसरमा छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरे तथा राम नारायण तिवारीले दिएका थिए । विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने र सहभागीहरुले शेयर लगानी सम्बन्धी ज्ञान हासिल गरी लाभान्वित हुने विश्वास गरिएको छ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत् लगानीमा स्थापित संस्था हो ।






















