काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाउने क्रमले आज पनि निरन्तरता पाएको छ ।
आज तोलाको १ लाख ७० हजार ७ सयमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
हिजो १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । यसअघि १ लाख ६७ हजार ४ सयमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २१२० रुपैयाँमा कारोबार भइरहेको छ ।






















