काठमाडौं । टास्ने र जोड्ने काममा प्रयोग हुने साटो पहिलोपटक औपचारिकरुपमा नेपाली बजारमा आएको छ। नेपालका लागि आधिकारिक बिक्रेता ट्राईनोक्स एडेसिभ प्राइभेट लिमिटेडले काठमाडौंमा एक कार्यक्रम गरी साटोलाई सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो ब्राण्ड एम्बेस्डरमा वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेललाई नियुक्त समेत गरेको छ।
कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संजय सिंघानीयाले विश्वभरका ग्राहकहरूको मन जित्दै छोटो समयमै लोकप्रिय भएको साटो ब्राण्डले नेपाली उपभोक्तको पनि विश्वास जित्न सफल हुने दाबी गरका छन् ।
दुबई र हाल नेपालसम्म आफ्नो बजार विस्तार गरेको साटो विश्वसनीयता र स्थायीत्वको प्रतिमूर्ति बन्न सफल भएको कम्पनीका निर्देशक एवंम प्रमुख कार्यकारी अधिकृत सुजीत मधोगोरियाले बताएका छन् ।
अत्याधुनिक उत्पादन एकाइहरू र उच्चस्तरीय प्रविधिको प्रयोग गर्दै, साटोले मिक्सिंग, ब्लेन्डिंग, र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादन गर्दै आएको जनाएका छ। अनुसन्धान र विकासको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै साटोले टास्न प्रयोग हुने उत्पादनहरूको आविष्कार र सुधारमा निरन्तर काम गरिरहेको छ।






















