Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विश्व लगानीकर्ता सप्ताहमा एनआइएमबि एस क्यापिटलले गर्यो शेयरसम्बन्धी सचेतना कार्यक्रम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सन्दर्भमा सिन्धुपाल्चोकको चौतारमा रहेको कृष्ण रत्न माध्यमिक विधालयमा कक्षा ११र १२ माअध्यनरत करिब १०० जना विद्यार्थीहरुलाई लगानीकर्ता शिक्षा तथा चेतना कार्यक्रम गरेको छ । धितोपत्र बजारका लगानीकर्ताहरूलाई शिक्षा, सचेतना र बजारका विभिन्न पक्षहरूबारे जानकारी दिन कार्यक्रम गरिएको क्यापिटलले जनाएको छ ।

कार्यक्रममा लगानीकर्ता सप्ताह २०२४ को मुख्य विषयवस्तुसँग नेपाली शेयर बजारका विभिन्न पक्षहरुबारे छलफल गरिएको थियो । त्यस्तै स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि कार्यक्रममा छलफल गरिएको थियो ।

विश्व लगानीकर्ता सप्ताह २०२४ एक हप्ता लामो, अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ)द्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्वबारे चेतना जगाउने कार्यक्रम गर्दछ । यसमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रिकृत गर्दछ ।

Health Tips Ad Road Block