skip this News Page Tips Ad Road Block

टीकाको शुभसाइत ११ बजेर ३६ मिनेटमा, राष्ट्रपतिले ३:३० बजेपछि टीका लगाइदिने

काठमाडौं । आज २०८१ सालको बडा दशैं अर्थात् विजया दशमी। विजया दशमीको टीकाको शुभसाइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको साइतअनुसार आज विजया दशमीको देवी बिसर्जनको लागि बिहान ८ः३३ बजे शुभ साइत रहेको छ ।

विजया दशमीको टीका लाइदिने (पूर्व मोहडा) र टीका लगाइ माग्ने पूर्व  फर्केर लगाउनुपर्ने छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को टीकाको दिन आज राष्ट्रपति भवन शीतल निवासमा दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ

Health Tips Ad Road Block