Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

१० रोपनी १४ आना जग्गामा कीर्तिपुरमा एमालेको अत्याधुनिक भवन बन्ने, ओलीले गरे शिलान्यास

व्यवसायी मीनबहादुर गुरुङले गरे जग्गा दान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। १० रोपनी १४ आना जग्गामा कीर्तिपुरमा नेकपा (एमाले)को केन्द्रीय कार्यालयको अत्याधुनिक भवन बन्ने भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले  एक कार्यक्रमका बीच भवन शिलान्यास गरेका छन् । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास गरेका हुन् ।

 

 

भटभटेनीका संचालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताए । उनले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेकोे जनाए ।

एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।

पत्रकारको प्रश्नमा व्यवसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताए ।

उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिए ।

Health Tips Ad Road Block