skip this News Page Tips Ad Road Block

काठमाडौंमा स्याउ मेला सुरु

काठमाडौं । बिहीबारदेखि काठमाडौंमा प्रथम नेपाल एप्पल फेस्ट २०२४ (स्याउ मेला २०८१) सुरु भएको छ । होटल मनाङ ठमेलको सहकार्यमा किसान भेन्चरले मेला आयोजना गरेको हो ।

होटल मनाङ ठमेल र उत्पला क्याफे बौद्धमा बिहान १० बजेदेखि साँझसम्म मेला सञ्चालन भइरहेको हो ।

मेला असोज १९ गतेसम्म तीन दिन चल्नेछ । मेलामा १५० रुपैयाँदेखि ३५० रुपैयाँ प्रतिकिलोसम्ममा अर्गानिक स्याउ किन्न पाइने आयोजकले जनाएको छ ।

नेपालमा स्याउ खेतीको समृद्ध विरासतलाई प्रोत्साहन गर्नु, विभिन्न प्रजातिका स्याउको प्रदर्शन गर्नु, नेपालमा कृषिको सम्भावनालाई प्रवद्र्धन गर्नु नेपाल एप्पल फेस्ट २०२४ को उद्देश्य रहेको आयोजकले बताएका छन् ।

मेलाको मुख्य नारा ‘यो दशैं स्याउसँग मनाऊँ, खुशी बाँडौँ, स्वास्थ खानेकुरा खाऔं नेपालका उत्कृष्ट स्याउको स्वाद चाखौँ’ रहेको छ ।

Health Tips Ad Road Block