skip this News Page Tips Ad Road Block

बाढीपहिरो र डुबानमा परेका १७ हजारभन्दा बढीको उद्धार

काठमाडौं। बाढीपहिरो र डुबानलगायत प्राकृतिक विपदमा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयंसेवक लगायतको सहयोगमा १७ हजारभन्दा बढीको उद्धार गरएको गृह मन्त्रालयले जनाएको छ ।

बाढीपहिरोमा परी बेपत्ता २२ जनाको खोजीकार्य जारी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर १६९ जना घाइतेको विभिन्न अस्पतालमा निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार, राहत वितरण र घाइतेको स्वास्थ्य उपचारमा विशेष ध्यान दिन सम्पूर्ण संयन्त्रलाई निर्देशन दिएको छ ।

Health Tips Ad Road Block