skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री उद्धार कोषमा कर्णाली प्रदेशद्धारा ५० लाख सहयोग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, वीरेन्द्रनगरको मंगलबारको बैठकले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट पीडित भएका नागरिकको राहत सहयोगका लागि उक्त कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

Health Tips Ad Road Block