Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालविरुद्ध सिआइबीमा उजुरी, १६ करोडको चेक लिएर फरार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । समय समयमा विवादमा पर्दै आएका लगानीकर्ता दिपेन्द्र अग्रवालविरुद्ध प्रहरीमा उजुरी परेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा उनीविरुद्ध उजुरी परेको हो ।

ब्रेकर कम्पनी सिप्ला सेक्युरिटिजले अग्रवालविरुद्ध केही दिन अगाडि सिआइबीमा उजुरी दर्ता गराएको हो ।

सिप्लाले अग्रवालले १६ करोड रुपैयाँको चेक लिएर गएको भनेर दर्ता गराएको उजुरीमा उल्लेख छ । उजुरीमा भनिएको छ, ‘ दिपेन्द्र अग्रवालसँग यस प्रालिले खाताहरू मिलान गरेर हिसाब फरफारक गर्नका असोज ४ गते दिउँसो करिब २ बजे टोखास्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा यस कम्पनीबाट नवराज खतिवडा र हिरालाल खतिवडा सोही बैंकको एक करोडका दरले १६ वटा चेक लिएर गएका थिए। अग्रवाल पनि हिसाब फरफारक गर्ने भनेर चेक लिएर आए। तर उनी हाम्रा प्रतिनिधिको चेक लिएर बैंकका शाखा प्रबन्धकलाई हिसाब मिलाउन लगाउँछु भन्दै फरार भएको जानकारी गराउँदछौं ।’

उजुरीमा चेक फिर्ताका लागि सहयोग गरिदिन र उचित कारबाहीका लागि माग गरिएको छ ।

Health Tips Ad Road Block