काभ्रे । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)काभ्रे शाखाको प्रथम साधारणसभाबाट भुवन रायमाझीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ ।
संघको उपाध्यक्षमा शर्मिला तिमल्सिना चयन भएकी छन् । त्यसैगरी सचिवमा बालकृष्ण न्यौपाने, कोषाध्यक्षमा अशोक तिमल्सिना सर्वसम्मतरुपमा निर्वाचित भएका छन् ।
सदस्यहरुमा मनोज अधिकारी, श्यामहरि रम्तेल र आशिष लामा चयन भएको ईक्यानका पूर्व अध्यक्ष राजेन्द्र बरालले जानकारी दिएका छन् ।