ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

पूर्व उपसभापति दिव्याको सम्झनामा एक्मी इन्जिनियरिङ्ग कलेज नेविसंघद्धारा अन्तर कलेज फुटसल आयोजना

bf dear shoes jutta mela 2082 baishak-jesth

काठमाडौं । एक्मी इन्जिनियरिङ्ग कलेज नेविसंघ इकाई समिति सीतापाइलाकी पूर्व उपसभापति दिव्या थापाको सम्झनामा प्रथम दिव्या थापा स्मृति अन्तर कलेज फुटसल प्रतियोगिता–२०८१ आयोजना भएको छ ।

कुलेश्वरमा रहेको फुटसलमा नेविसंघ इकाई पूर्व उपसभापति थापाको सम्झनामा प्रतियोगिता आयोजना भएको हो ।

कांग्रेस नेत्री लक्ष्मी खतिवडाको उपस्थितिमा प्रतियोगिता गरिएको हो ।प्रतियोगिता एक्मी इन्जिनियरिङ कलेज नेविसंघ ईकाइका सभापति आर एन तामाङको सभापतित्वमा भएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा दिव्यकी बाबाआमा र सबै साथीहरु शोकाकुल भएका थिए ।

सो अवसरमा मन्तव्य राख्दै दिव्यको बाबा एवं ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्र थापाले छोरीलाई इन्जिनियर बनाउने ठूलो धोको अधुरै भएको बताएका थिए। दिव्य सानैदेखि नै सामाजिक काम र विभिन्न क्रियाकलापमा सक्रिय हुने गरेको स्मरण गर्दै थापाले उनी सबैमाझ नभए पनि उनले गरेको गतिविधि सधैँ सम्झन योग्य रहेको बताए ।

दिव्याको सम्झनामा उनका साथीहरुले गरेको प्रतियोगिताले शोकलाई शक्तिमा बदल्न मद्दत पुगेको धारणा परिवारले राखेको छ । नेविसंघ एक्मी कलेज इकाइ सितापाइलासँग आगामी दिनमा थप सहकार्य गर्दै जाने थापाको भनाइ रहेको छ ।

दिव्याले पढाइको शिलशिलामा आत्महत्याको बाटो रोजेको र आगामी दिनमा अरु पनि यस्ता घटना हुन नदिने हिसाबले सरकारले विद्यालय तहदेखि विभिन्न अभिमुखीकरण कार्यक्रम गर्नुपर्ने दिव्याको परिवारले जनाएको छ ।

 

 

प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

 

Health Tips Ad Road Block