api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको असोज ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव भने साधारणसभामा लैजाने निर्णय गरेको छ ।

कम्पनीको आगामी १५ औँ साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

कम्पनीले कार्तिक ५ गतेका लागि साधारणसभा आह्वान गरेको छ।

Health Tips Ad Road Block