काठमाडौं । अघिल्लो सातादेखि दैनिकरुपमा लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले बुधबार पनि नयाँ उचाई कायम गरेको छ ।
बुधबार सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो । मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा नयाँ रेकर्ड बनाएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुरक्षित लगानीको साधन सुनतर्फ लगानीकर्ता आकर्षित बन्दा नेपाली बजारमा पनि त्यसको प्रभाव पर्न गई सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।
बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।