api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

आयातमा वृद्धि र निर्यात खस्किँदा अर्थतन्त्रमा चिन्ता, दुई महिनामै २ खर्ब ६२ अर्बको आयात

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपालको आयात व्यापार बढेको छ भने निर्यात व्यापार घटेको छ । आयातमा आधारित नेपालको आयात बढ्ने र निर्यात खस्किने अवस्था तथ्याँकले देखाएको हो ।

चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाको वस्तु आयात भएको छ । भदौसम्मको भन्सार विभागको तथ्याँकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात १.८ प्रतिशतले बढेको हो । नेपालको निर्यात भने ५.१२ प्रतिशतले खस्किएको छ । गत आर्थिक वर्षको यो अवधिमा २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षमा २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।

तथ्याँकअनुसार वस्तु व्यापार घाटा १.७८ प्रतिशतले बढेर २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

भदौसम्ममा नेपालले १३ अर्ब ६४ करोड रुपैयाँको डिजेल, ११ अर्बको पेट्रोल, ९ अर्ब ४२ करोडको एलपी ग्यास आयात गरेको देखिन्छ । सबैभन्दा धेरै २ अर्ब रुपैयाँको गलैंचा निर्यात गरेको छ ।

केही वर्षयता वृद्धिको लयमा रहेको निर्यात घट्नुले नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण सूचकमा थप चिन्ता थपिने स्थिति बन्दै गएको छ ।

Health Tips Ad Road Block