काठमाडौं । सरकारले आजदेखि सर्वसाधारणका लागि धरहरा खुल्ला गरेको छ । गत भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आजदेखि सर्वसाधारणका लागि खुल्ला गरी धरहरा सञ्चालनमा आएको हो ।
धरहराको सञ्चालन अस्थायीरुपमा गरिएको हो । अहिलेको अवस्थामा एक दिनमा अधिकतम पाँच सय जनाले धरहरा चढ्न पाउने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।
तत्कालका लागि धरहरामा शुल्क नलाग्ने जनाइएको छ ।