Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बंगलादेशसँग विद्युत व्यापारका सम्बन्धमा दुई देशबीच गहन छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बंगलादेशको पछिल्लो राजनीतिक परिवर्तनका कारण पछाडि धकेलिएको नेपाल र बंगलादेशबीचको विद्युत व्यापार सम्झौता र त्यसअनुसार बंगलादेश विद्युत निर्यात गर्ने सम्बन्धमा पुनः छलफल सुरु भएको छ । गत असारमै विद्युत व्यापार सम्झौता हुने भनिएपनि त्यो नभएपछि ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दिपक खड्कासँग बंगलादेशका राजदूत सलाहुद्दीन नोमन चौधरीले गरेको भेट होस् या बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले त्यहाँ अन्तरिक सरकारका प्रमुख मुहम्मद युनुससँग गरेको भेट, दुवै भेटमा विद्युत व्यापार सम्बन्धमा गहन छलफल भएका छन् ।

दुई देशका ऊर्जा सचिवस्तरीय बैठक गरेर सम्झौता गर्ने भनिएपनि यसले अझै मूर्तरुप पाउन सकेको छैन । यसअघि भने बंगलादेश ४० मेगावाट बिजुली नेपालबाट लैजान समहत भइसकेको थियो ।

मन्त्रालयले छिट्टै नयाँ सम्झौताको वातावरण निर्माण गरिने बताएको छ ।

त्यस्तै दुई देशबीच ठूला जलविद्युत् आयोजना निर्माणमा सहकार्य, अन्तरदेशीय प्रसारण लाईनमा भारतीय पक्षको सहमति र विद्युत व्यापारको सुरुवात गर्ने लगायत विभिन्न विषयमा पनि छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

खासगरी, प्राधिकरणले चिलिमे र त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली बंगलादेश निर्यात गर्ने जनाउँदै आएको छ । बंगलादेश सरकारले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ ।

Health Tips Ad Road Block