Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन, बोर्डमा को–को छन् ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेश प्रदेश च्याप्टर गठन गरेको छ । च्याप्टरका अध्यक्ष रजतबजाज रहेका छन् ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टरको बोर्डमा रजतबजाजसँगै आयोसी तुल्सियाना, अनुनय रुङ्टा, अनुश्री अग्रवाल, दिपक साह रहेका छन् ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रबद्र्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै सोही अनुरुपका गतिविधि समेत गर्दै आएको छ ।

केही दिन अगाडि स्थापित भएको मधेस च्याप्टर गठनका अवसरमा होटेल लर्डस् दियालो, हेलिङ टच स्पा, म्याजिक बेल्स, होटेल सरोभर, थ्रील फ्याक्ट्री, होटेल इच्छा, वल्र्ड अफओन्डर एण्ड स्र्पोट हाउसले सहकार्य गर्ने समझदारी गरेका छन् ।

प्रदेश च्याप्टरको उद्घाटनकाक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकार उद्यमीलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताएका थिए । उनले उद्यमशीलताको प्रबद्र्धन गर्न कोष बनाएको उल्लेख गर्दै मुलुकभित्र रोजगारी सिर्जना गर्न उद्यमशीलताको प्रबद्र्धन गर्न आवश्यक रहेको समेत बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवा उद्यमीहरुलाई देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरुलाई नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेको बताए । देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेकोमा समेत उनले जोड दिए । “विदेशमाअध्ययन गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आउने युवाहरुको पनि संख्या ठूलो छ । उनीहरुलाई देशमै उद्यम विकासका लागि हौसला प्रदान गर्न आवश्यक छ” उनले भने, “यसका लागि स्थानीय, प्रदेश एवं संघीय सरकारले नीतिगत रुपमा सहजीकरण गर्नुपर्दछ ।”

नेपाल उद्योग परिसंघ मधेश प्रदेशका अध्यक्ष प्रमोद साहले कानुनी एवं नीतिबाटै युवा उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले मधेश प्रदेशको आर्थिक विकासले देशलाई नै समृद्धि दिन सक्ने बताउँदै मञ्चमार्फत नयाँ अवसरहरू खोज्दै, उद्यमशीलतामा नयाँपन ल्याउँदै देशको आर्थिक विकासमा योगदान पु¥याउने संकल्पका साथ अघि बढ्न चाहेको बताए ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टरका अध्यक्ष रजतबजाजले देशको महत्वपूर्ण आर्थिक केन्द्र रहेको मधेश प्रदेशका युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न प्रदेश सरकार, स्थानीय सरकारसँग नीतिगत विषयमा समन्वय गर्ने धारणा राखे । उनले प्रदेश सरकारले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने, सहकार्य गर्ने विश्वाससमेत व्यक्त गरे ।

Health Tips Ad Road Block