skip this News Page Tips Ad Road Block

सुदूरपश्चिमले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

असार १ गते सार्वजनिक बजेट प्रदेश सभाबाट पास हुन नसकेपछि दोस्रोपटक संशोधित बजेट ल्याइएको हो ।

प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार (४०.६५ प्रतिशत) र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार (५९.३२ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड (०.२ प्रतिशत) रुपैयाँको बजेट विनियोजन गरेको बताएका छन् ।

Health Tips Ad Road Block