skip this News Page Tips Ad Road Block

मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा

काठमाडौं । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो केबलकार डिजिटल प्रविधिमा सञ्चालन हुन लागेको हो । गत असार ३१ देखि स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका सेवा बन्द गरिएको थियो । एनालग प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार डिजिटल प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भइ सेवा पुन सुचारु भएको हो ।

अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल डि कनेक्ट प्रविधिमा रुपान्तरण गर्ने काम सफलताका साथ सम्पन्न भइ सेवा सुचारु हुन लागेको कम्पनीले एक सूचनामार्फत जनाएको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा रहेको छ ।

Health Tips Ad Road Block