skip this News Page Tips Ad Road Block

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

आज राति एक बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँले मूल्य घटाएको हो । भारतीय आयल निगम आइओसीले मूल्य घटाएर पठाएको भन्दै निगमले मूल्य घटाएको जनाएको छ ।

नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा, दिपायलमा पेट्रोलको प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४९ रुपैयाँ पर्नेछ ।

Health Tips Ad Road Block