काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पवन रेग्मीलाई सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको छ ।
बैंक व्यवस्थापन समितिको भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको हो ।
बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।