काठमाडौं । गुराँस लघुवित्तले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।
लघुवित्तको १४२ औं सञ्चालक समितिको बैठकले शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । लघुवित्तको भदौ २४ गतेको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।
हाल लघुवित्तको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ रहेको छ।