skip this News Page Tips Ad Road Block

एभरेष्ट बैंकका शेयरधनीलाई १५.५३ प्रतिशत लाभांश

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले शेयरधनीलाई १५.५३ लाभांश दिने भएको छ ।

बैंकको भदौ २१ गतेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर सहित) दिने भएको हो ।

बैंकको घोषित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरूमा वितरण गरिनेछ ।

Health Tips Ad Road Block