skip this News Page Tips Ad Road Block

भगवती हाइड्रोपावरले शेयरधनीलाई १४.७३ प्रतिशत लाभांश दिने

काठमाडौं । भगवती हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई १४.७३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

भदौ २२ गते बसेको ५४ औं संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कम्पनीको हालको चुक्ता पुँजीको १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार कम्पनीले ४ प्रतिशत बोनश शेयर र १०.७३६८ प्रतिशत नगद लाभांश( कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको आगामी २४ औं साधारणसभाले पारित गरेपछि प्रतावित लाभांश शेयरधनीले पाउनेछन् । कम्पनीले असोज १६ गतेका लागि साधारणसभा डाकेको छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Health Tips Ad Road Block