ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

४० करोडमाथिको भ्रष्टाचारमा ठूला दल संलग्न हुने घनश्याम भूसालको भनाइले राजनीतिमा तरंग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ४० करोड रुपैयाँभन्दा माथिका भ्रष्टाचारका घटनामा ठूला दलहरुबीच सहमति हुने गरेको अभिव्यक्ति दिएपछि राजनीतिक वृतमा तरंग उत्पन्न भएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासनमा उल्लेख कदम चालेको भनेर चर्का चर्का भाषण गर्ने शिर्ष नेताहरुलाई यसले झस्काइदिएको छ ।

अर्थशास्त्री हरि रोकाले लेखेको पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन गर्दै महासचिव भूसालले ठूला भ्रष्टाचारका घटनामा कांग्रेस, एमाले, माओवादी, नेकपा एकीकृत समाजवादीलगायत दलको कुनै न कुनै खालको संलग्नता हुने बताएका थिए । उनले भने, ‘४०–५० करोडभन्दा ठूला कुनैपनि भ्रष्टाचारका मुद्दाहरुमा राष्ट्रिय सहमति हुन्छ । त्यहाँ कांग्रेस पनि हुन्छ, माओवादी पनि हुन्छ, एमाले पनि हुन्छ, मेरै पार्टी पनि होला । त्यो नभइकन अगाडि बढ्दै बढ्दैन । ठूलाहरुका बीचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन् । राजनीति पनि सक्छन् ।’

यो भनाइ अहिले बहसमा छ । नेताहरुले संसददेखि सार्वजनिक स्थानमा एक अर्कालाई गाली गलौज र दोषारोपण गरेर हिलो छ्यापाछ्याप गरिरहेका बेला यो भनाइ अहिले चर्चामा रहेको हो । नेता भूसालले अहिले दलहरुले नै घुस खाने मान्छे उत्पादन गरिरहेको आरोपसमेत लगाएका थिए । आत्मनिर्भर देश बनाउने हो भने भ्रष्टहरु पालित, पोषित नहुने र भ्रष्ट नजन्मिने पार्टी हुनुपर्ने व्यङ्ग्यसमेत गरेका छन् ।

उनले भ्रष्टलाई नेताले संरक्षण नगरेसम्म नेता नै नहुने गरेको दृष्टान्त दिँदै सबै सच्चिन आवश्यक रहेको बताए ।

नेता भूसालको यो भनाईलाई लिएर दलहरुमा लागेर अकूत सम्पति कमाएकाहरुको सम्पति छानबिन गर्नुपर्ने माग उठ्न थालेको छ ।

 

Health Tips Ad Road Block