काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आज राति १ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
भारतीय आयल निगम आइओसीले नयाँ खरिद मूल्य पठाएपछि नयाँ मूल्य कायम गरिएको निगमले विज्ञाप्तिमार्फत जनाएको छ । यस्तै आन्तरिक हवाई इन्धन तर्फ प्रति लिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धन तर्फ प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाई विक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
खाना पकाउने एलपि ग्यासको खरिद मूल्यमा प्रति सिलिण्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएतापनि हाललाई विक्री मूल्य यथावत् नै राखिएको निगमको भनाइ छ।
अब पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १५४ रुपैयाँ पर्नेछ ।