Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनआईसी एशिया क्यापिटलले शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले चुक्ता पूँजीको ५२.५३ प्रतिशत (करसहित) का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

लिमिटेडको आठौं वार्षिक साधारणले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गर्नुका साथै नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

सभामा संचालक समितिका अध्यक्ष सन्तोष कुमार राठीले २० करोड रुपैयाँ चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा ३० करोडभन्दा बढी आम्दानी गरी १२ करोड १६ लाखभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराएका छन् । त्यसैगरी व्यवसायतर्फ असार मसान्त २०८१ सम्ममा ७,३९,८६८ डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजनामार्फत ५ अर्व ५२ करोड भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको उनले बताए । लगानी व्यवस्थापन सेवा अन्तर्गत ७०४ जना ग्राहकहरुबाट २ अर्व ११ करोडभन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको, शेयर रजिष्ट्रार सेवा अन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको व्यहोरा समेत उनले सभालाई जानकारी गराएका छन् ।

क्यापिटलले आठौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्ना शेयरधनीलाई हालसम्म २४० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको जनाएको छ ।

Health Tips Ad Road Block