skip this News Page Tips Ad Road Block

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीहरु लाभान्वित हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । यस सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि अत्यावश्यक ब्रेल शैक्षिक सामाग्रीहरु उपलब्ध गराइनेछ ।

आईएमई लाइफ इन्स्योरेन्सले शिक्षाको लागि समान अवसरहरू सिर्जना गर्न मद्दत गर्ने सहायक सिकाइ स्रोतहरू प्रदान गरेर समय समयमा सहयोग गरिरहेको छ।

सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई पुरा गरेर समुदायलाई सशक्त बनाउन लागि रहने कम्पनीले जनाएको छ ।

दृष्टिविहीन विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउँदा उनीहरुको शैक्षिक उपलब्धि तथा आत्मविश्वासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

Health Tips Ad Road Block