Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्टार माइक्रो इन्स्योरेन्सको साढे २२ करोडको आइपीओ आउँदै, एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२,५०,००,००० रुपैयाँ बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागिएको हो ।

इन्स्योरेन्सको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यससम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पु¥याउने लक्ष्य लिई स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि.ले २०७९/०९/१४ मा दर्ता भइ २०८०/०५/०१ गतेदेखि निर्जीवन लघु बीमाको इजाजतपत्रप्राप्त गरी देशका विभिन्न स्थानहरुमार्फत लघुु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्र्दै आईरहेको छ ।

 

Health Tips Ad Road Block