Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गाडीहरुको कुम्भ मेला नाडा अटो शो–२०२४ मा के छ नयाँ ? (फोटोफिचर)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अटो मोबाइल व्यवसायी, ग्राहक र सरोकारवालाको कुम्भ मेलाको रूपमा रुपमा रहने नाडा अटो शो–२०२४ आजबाट काठमाडौंको भृकृटीमण्डपमा सुरू भएको छ। चाडपर्व नजिकिएसँगै यस वर्षको गाडी व्यापारको सिजन सुरु भएसँगै सुरु अटो शोमा ग्राहकको आकर्षणको रुपमा नयाँ-नयाँ मोडलका गाडीहरु प्रदर्शनीमा राखिएका छन् ।

विद्युतीय सवारी साधनको बाहुल्यता रहेको नाडा अटो शोमा दुई पाँङ्ग्रे सवारीको छुट्टै, टायरको छुट्टै, लुब्रिकेन्टको छुट्टै, फोर ह्विलरको छुट्टै गरी फरक फरक स्टलहरु राखेर आटो शोलाई व्यापक बनाएको संयोजक अनुप बरालले जानकारी दिएका छन् । सवारी साधनको आवश्यकता महशुस भएर मानिसले खरिद गर्ने चाहना हुँदा त्यो अनुसार सहभागी हुन सक्नेछन् ।

बरालका अनुसार यसपटकको प्रदर्शनीमा रहेको ८० प्रतिशत इलेक्ट्रिक भेहिकल(इभी) रहेका छन्। यसले इभीको माग बढ्दै गएको देखाउँछ । १३ वटा कमर्सियल इभी पनि प्रदर्शनीमा रहेका छन् ।

भदौ १६ गतेसम्म चल्ने अटो शोमा बुकिङ गराउनेहरूलाई गाडी कम्पनीहरूले विभिन्न छुट दिइरहेका छन् । दशैं, तिहार, छठलगायत चाडपर्व लक्षित छुट योजनाहरु पनि कम्पनीहरुले सार्वजनिक गरेका छन् । यी माथिका विषयहरु सबै नयाँ रहेको संयोजक बरालको भनाइ छ ।

त्यस्तै नाडा अटो शोमा नेपालमा बनेका ब्याट्री, लुब्रिकेन्ट, टायर र हेलमेट प्रदर्शनीमा रहेका छन् । महेन्द्रा, हुन्डाइ, टाटा र सुजुकीका पुराना ब्राण्डहरू पनि प्रदर्शनीमा रहेका छन् ।

अटो शो उद्घाटन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल क्षेत्रमा नीतिगत स्थिरता र सडक पूर्वाधारको सुधारमा ध्यान दिने बताए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अटोमोबाइललाई विलासी वस्तुकोरुपमा गणना नगरी आवश्यक वस्तुको रूपमा परिभाषित गर्न आग्रह गरे। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले स्थिर नीति र मागमा सुधार गरी अर्थतन्त्र सुधार गर्नुपर्ने भनाइ राखे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल क्षेत्रमा करको दर घटाउनु पर्ने भनाइ राखे । नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रलाई आवश्यकताका वस्तुमा राख्दै प्राथमिकता दिने र दीर्घकालीन योजनामा ध्यान दिने आवश्यक्ता औँल्याएका थिए ।

फोटोमा हेर्दा नाडा अटो शो(फोटोफिचर)

 

 

 

Health Tips Ad Road Block