skip this News Page Tips Ad Road Block

ग्लोबल आइएमई बैंकको सीइओ रेग्मीले सम्हाले कार्यभार

काठमाडौं । नेपालको सबैभन्दा ठुलो बैंक ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन् । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

पदभार सम्हाल्नुहुँदै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको व्यवसायिक विस्तारसँगै निक्षेपकर्ताहरुको हित र फाइदालाई ध्यानमा राखेर काम गर्ने बताए । । साथै बैंकको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता उनले जनाए ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैंकको क्षेत्र अझै विस्तार हुने विश्वास व्यक्त गरे । त्यस्तै ग्लोबल बैंकमा काम गरेको लामो अनुभव भएकाले रेग्मीबाट प्रभावकारी काम सम्पादन हुने बताए ।

ग्लोबल आइएमई बैंक निक्षेपकर्ता र शाखा विस्तारमा देशकै ठूलो बैंक मानिन्छ । नयाँ सीइओको रूपमा नियुक्त रेग्मी यसअघि नायब प्रमुख कार्यकारी अधिकृत थिए । सिइओ रेग्मीसँग बैंकिङ क्षेत्रमा ३५ वर्षको अनुभव छ ।

Health Tips Ad Road Block