Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

श्रृजनशिल उद्यमी मेला–२०८१ आयोजना हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ‌ । हरितालिका तीजका अवसरमा काठमाडौ‌मा २१औं डाबर गुलावरी तीज फेस्टिबल आयोजना हुने भएको छ । महिला श्रृजनशील केन्द्रको आयोजना तथा राइजिङ नेपाल प्रा‍लि‍ (इभेन्ट संसार) को व्यवस्थापनमा यही भदौ ७ गतेदेखि ९ गतेसम्म ‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आयोजना हुन लागेको हो । तीन दिने मेला बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा आयोजना हुनेछ ।

श्रृजनशील महिला दिदीबहिनीहरुलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रेरित गर्न यो मेला आयोजना गरिएको भदौ २ गते आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । ‘महिला दिदीबहिनीहरुलाई आर्थिक रुपमा सवल बनाई प्रविधिमैत्री वातावरण सिर्जना गरी एक सफल उद्यमी बनाउने लक्ष्यका साथ यो मेला आयोजना हुँदै आएको छ’ महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले भनिन्, ‘समुदायहरुलाई सीप सिकाई उनीहरुको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न यस मेलालाई अवसरका रुपमा लिन सकिन्छ ।’

मेलामा घरेलु तथा हस्तकलाका सामग्रीहरु, महिला उद्यमशीलताका वस्तु तथा सेवाहरु, तीज विशेष खानाका परिकारहरु, निःशुल्क स्वास्थ्य शिविर, मेहन्दी आर्ट तथा हात खाली नजाने विशेष उपहारहरु राखिएको मेला व्यवस्थापक पशुपति केसीले पत्रकार सम्मेलनमार्फत जानकारी गराए । यो मेलामा ७० वटा भन्दा बढी स्टलहरु रहने र त्यसमा ७ वटा स्टल असहाय, अशक्त, अपाङ्ग र पिछडिएको ग्रामीण क्षेत्रका दिदीबहिनीहरुका लागि निःशुल्क उपलब्ध गराइएको पनि उनले बताए ।

मेलालाई डाबर नेपालको डाबर गुलावरीले मुख्य प्रायोजन गरेको हो । मेलालाई चन्द्रागिरी नगरपालिकाले सहयोग गरेको छ । मेलाको प्रमुख प्रायोजकमा डाबर गुलावरी र प्रयोजकहरुमा पूजा अगरबत्ती र मनकामना दर्शन प्रा.लि. रहेका छन् । यसैगरी बेभरेज पार्टनरमा रियल जुस, रोयल बिग मास्टर्स वाइन, म्यागेजिन पार्टनरमा नारी मासिक, रेडियो पार्टनरमा रेडियो आहा रहेका छन् । यता सपोर्टरमा सीताराम दूध, अमृत तेल, फच्र्यून तेल रहेका छन् भने हस्पिटालिटी पार्टनरमा अम्रपाली ब्यांक्वेट रहेको छ ।

Health Tips Ad Road Block