skip this News Page Tips Ad Road Block

चिकित्सा शिक्षा आयोगका परीक्षामा सहभागी हुन नसकेकाहरुको शुल्क फिर्ता हुने

काठमाडौं । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुको शुल्क फिर्ता हुने जानकारी गराएकी छन् ।

बुधबार सामाजिक संजालमार्फत मन्त्री भट्टराईले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फारम भरेका तर नतिजामा नन ग्रेड (अनुत्तीर्ण)मा परेका विद्यार्थीहरुको शुल्क फिर्ता गर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडमा परेका विद्यार्थीले फारम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने कुरा जानकारी गराउँदछु ।’

Health Tips Ad Road Block