Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हेमबहादुर मल्ल सम्मान–२०७९ कूटनीतिज्ञ थापालाई प्रदान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कुशल प्रशासक एवं व्यवस्थापक स्व. हेमबहादुर मल्लको स्मृतिमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान–२०७९’ कूटनीतिज्ञ डा. भेषबहादुर थापालाई प्रदान गरिएको छ । नेपाल जनप्रशासन संघद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले थापालाई दुई लाख पुरस्कारसहितको सो सम्मान प्रदान गरेका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा सो संस्थाका अध्यक्ष स्व. हेमबहादुर मल्लको स्मृतिमा उक्त सम्मान स्थापना गरिएको छ । पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरी योगदान पुर्याएस्वरूप डा .थापालाई यस सम्मान प्रदान गरिएको संघका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिए ।

डा. थापाले राष्ट्रिय योजना आयोगको सदस्य सचिव, अर्थ तथा योजना मन्त्रालयको सचिव, नेपाल राष्ट्र बैंकको गभर्नर, नेपाल सरकारको अर्थसचिव हुँदै अर्थमन्त्री एवं परराष्ट्र मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । साथै संयुक्त राज्य अमेरिका र भारतका लागि नेपाली राजदूत, नेपाल भारत प्रबुद्ध व्यक्ति समूहको सहअध्यक्ष तथा श्रीलङ्काका लागि संयुक्त राष्ट्र सङ्घको आवासीय प्रतिनिधि र क्यानडास्थित अन्तर्राष्ट्रिय विकास अनसुन्धान केन्द्र (आइडिआरसी) को उपाध्यक्षका हैसियतमा कूटनीतिक सेवामार्फत अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनाउन थापाले महत्वपूर्ण या्गदान गरेका छन् ।

सम्मान छनोटका लागि पूर्वसचिव एवं पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा संघका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्वसचिव शिशिरकुमार ढुङगाना सदस्य रहेका थिए ।

यसअघि यस सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान् कोइराला, डा. विमल कोइराला, महावीर पुन, स्व. अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भइसकेका छन् ।

स्व. मल्ललले साल्ट ट्रेडिङको संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गरेका थिए ।

 

Health Tips Ad Road Block