skip this News Page Tips Ad Road Block

एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ५ जनाको मृत्यु

नुवाकोट । नुवाकोटको शिवपुरी ७ सूर्य चौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । हेलिकप्टरमा सवार एक पाइलट र चार यात्रु रहेको र सबैको मृत्यु भएको खुलेको छ ।

काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको (९एन एजेडी) हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा परेका चार जना पुरुष र एक जना महिलाको जलेको अवस्थामा शव उद्धार गरिएको नुवाकोट जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

Health Tips Ad Road Block