skip this News Page Tips Ad Road Block

स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा रविन कुमार नेपाल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। रविन कुमार नेपाल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन् । अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा भुक्तानी प्रणाली विभागका का.मु.कार्यकारी निर्देशक, भुक्तानी प्रणाली विभागका अन्य कर्मचारी, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका सञ्चालक समितिका सदस्यहरु र प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो ।

विगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्यु आर, मोबाइल बैंकिङ्ग र अन्तर बैंक भुक्तानीका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

अध्यक्ष नेपालले नेपाल ग्रीनलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टड बैंक) बाट आफ्नो बैंकिङ्ग करियर सुरुवात गरि हिमालयन बैंक हुँदै लक्ष्मी सनराइज बैंकबाट अवकाश लिएका थिए । अध्यक्ष नेपालले यस अघि अर्को भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का संस्थापक सञ्चालक तथा दुई कार्यकाल सम्म अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा लामो अनुभव भएका नेपाल डिजिटल भुक्तानीको क्षेत्रमा पनि लामो अनुभव रहको छ ।

३ दशक लामो बैंक तथा वित्तीय संस्थाको अनुभव भएका नेपालको नेतृत्वमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले थप उचाइमा पुग्ने विश्वास लिएको छ ।

 

Health Tips Ad Road Block