काठमाडौं। रविन कुमार नेपाल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन् । अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा भुक्तानी प्रणाली विभागका का.मु.कार्यकारी निर्देशक, भुक्तानी प्रणाली विभागका अन्य कर्मचारी, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका सञ्चालक समितिका सदस्यहरु र प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो ।
विगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्यु आर, मोबाइल बैंकिङ्ग र अन्तर बैंक भुक्तानीका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
अध्यक्ष नेपालले नेपाल ग्रीनलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टड बैंक) बाट आफ्नो बैंकिङ्ग करियर सुरुवात गरि हिमालयन बैंक हुँदै लक्ष्मी सनराइज बैंकबाट अवकाश लिएका थिए । अध्यक्ष नेपालले यस अघि अर्को भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का संस्थापक सञ्चालक तथा दुई कार्यकाल सम्म अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा लामो अनुभव भएका नेपाल डिजिटल भुक्तानीको क्षेत्रमा पनि लामो अनुभव रहको छ ।
३ दशक लामो बैंक तथा वित्तीय संस्थाको अनुभव भएका नेपालको नेतृत्वमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले थप उचाइमा पुग्ने विश्वास लिएको छ ।