api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री ओलीले संसदबाट पाए दुई तिहाइ मतः पक्षमा १८८ र विपक्षमा ७४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा रहेका २७५ सांसदमध्ये ओलीले राखेको विश्वासको मतबारेको प्रस्तावको पक्षमा १८८ सांसदले समर्थन गरे । ७४ सांसद प्रधानमन्त्री ओलीको विपक्षमा रहे भने एक मत तटस्थ रह्यो । संसदमा आइतबार २६३ जना सांसद सदस्य उपस्थित थिए ।

प्रधानमन्त्री नियुक्त भएको एक सातामै ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गरेका थिए । प्रधानमन्त्रीको यो प्रस्तावमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले प्रधानमन्त्री ओलीलाई मत दिएका हुन् ।

प्रधानमन्त्रीले राखेको प्रस्तावको विपक्षमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले रहे । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवाल भने तटस्थ बसे । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने संख्या बढी भएकाले सदनबाट विश्वासको मत प्राप्त गरेको घोषणा गरेको थिए ।

संसदबाट विश्वासको मत पाएपछि सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म यसको सदुपयोगमा लाग्ने बताएका छन् ।

असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

Health Tips Ad Road Block