ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

डेडिकेटेड तथा ट्रङ्कलाइन बक्यौतामा काटिएको लाइन सुचारु गर्न आयोगको निर्देशन

bf dear shoes jutta mela 2082 baishak-jesth

काठमाडौं । विद्युत नियमन आयोगले डेडिकेटेड तथा ट्रङ्कलाइन बक्यौतामा काटिएको छ उद्योगको बिजुली जडान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । लोडसेडिङका समयमा डेडिकेटेड तथा ट्रङ्कलाइन विद्युत प्रयोग गरेर प्रिमियमबापतको रकम तिर्न अटेरी गरेको भन्दै छ उद्योगमा प्राधिकरणले विद्युत् आपूर्ति विच्छेद गरेकोमा आयोगले उक्त निर्देशन दिएको हो ।

आयोगले विद्युत वितरणकर्ता र ग्राहकबीच विवाद भएमा विवाद समाधान हुनुभन्दा अघि विद्युत विच्छेद गर्नु गैरकानुनी हुने भन्दै काटिएको पत्र प्राप्त भएपश्चात् तत्काल जडान गर्न प्राधिकरणलाई निर्देशन दिएको हो । आयोगको उपभोक्ता हित संरक्षणसम्बन्धी निर्देशिका २०८० को दफा १३ को उपदफा १० को व्यवस्था अनुसार उद्योगमा काटिएको विद्युत आपूर्ति तत्काल सुचारु गर्न निर्देशन दिइएको हो ।

विद्युत सेवा विच्छेद गरिएको भन्दै छ उद्योगीले शुक्रबार आयोगमा निवेदन पेस गरेको र नियमसंगत काम गर्न प्राधिकरणलाई भनिएको आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले जानकारी दिएका छन् ।

डेडिकेटेड र ट्रङ्कलाइन सुविधा प्रयोग गरेपनि प्रिमियमबापतको शुल्क नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले असार २५, २६ र २७ गते छ वटा उद्योगको विद्युत् आपूर्ति विच्छेद गरिदिएको थियो । प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सेन्थेटिक्स, हुलास स्टिल्स र जगदम्बा स्टिल्सको विद्युत काटिदिएको हो ।

Health Tips Ad Road Block