skip this News Page Tips Ad Road Block

मकवानपुरको राप्ती खोलामा गर्मीयाम छल्न आउने भारतीय पर्यटकको चहलपहल बढ्दो

Citizenlife ad 2082 falgun to baishak 2083

मकवानपुर । हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भैँसेस्थित तीनखण्डेमा रहेको राप्ती खोलामा गर्मीयाममा भारतीय पर्यटकहरूको चहलपहल बढ्न थालेको छ।

भारतबाट वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेका पर्यटकहरू सपरिवार यहाँ पुगेर पिकनिक मनाउने, खाना पकाएर खाने, चिसो पानीमा रमाउने तथा पौडी खेल्ने गरेका छन्।

खोलाको किनारमा पाल र टेबलसहितको व्यवस्था गरी केही रेस्टुरेन्टहरूले समेत सेवा प्रदान गर्दै आएका छन्।

बिदाको समयमा बस तथा सवारीसाधन रिजर्भ गरेर आउने भारतीय पर्यटकहरूको संख्या उल्लेख्य रहने गरेको स्थानीयवबासीहरु बताउँछन्।

पर्यटक आगमन बढेसँगै रेस्टुरेन्ट तथा अन्य व्यवसायमा समेत व्यापार वृद्धि भएको स्थानीय व्यापारीहरूको भनाइ छ।

Health Tips Ad Road Block