काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ४ हजार २९ जनाले पाए रोजगारी पाएका छन् ।
नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन अर्ध–वार्षिक प्रतिवेदनले यो तथ्याँक देखाएको हो ।
राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्ममा रोजगारीमा संलग्न व्यक्ति ४ हजार २९ जना रहेका छन् ।
यसमा जम्मा रोजगारी दिन २ लाख ७९ हजार १ सय ४९ रहेको छ । आयोजना संख्या ४ हजार ३ सय ३७ रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार कोशी प्रदेशमा ११४५, मधेस प्रदेशमा २८४, बागमती प्रदेशमा ११०५, गण्डकी प्रदेशमा ४५८, लुम्बिनी प्रदेशमा ३७१, कर्णाली प्रदेशमा २५८ र सुदूरपश्चिम प्रदेशमा ४०८ जना प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगार भएका हुन् ।





















