skip this News Page Tips Ad Road Block

चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी कार्यान्वयन गर्न कृषि मन्त्रालयको निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयको कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल, तेल, दाल उत्पादन संघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो ।

चालु आर्थिक वर्ष २०८२।८३ का लागि मन्त्रिपरिषद्को बैठकले चैत्र २४ गते १८ प्रतिशतसम्म चिस्यान भएको चैते धान बालीको प्रति क्विन्टल २ हजार ८ सय ६६ रुपैयाँ ४१ पैसा न्यूनतम समर्थन मूल्य निर्धारण भएको छ ।

निर्धारण गरेको चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले भनेको छ ।

Health Tips Ad Road Block